वडा नं. ४ को वडा परिचय:
देशको नयाँ संरचना अनुसार साविकको कुल्देवमाण्डौं गा. वि. स. को वडा नं. १ ,२ र ५ लाई मिलायर हालको ४ नं. वडाको संरचना वनेकाे हो । पुर्वमा ५ नं. वडा, पश्चिममा खप्तड छेडेदहको ४ नं. वडा, उत्तरमा वडा नं. २ को गुइगाड खोला र दिक्षणमा ७ नं. वडा संग सिमाना जोडीएर बनेकाे पाईन्छ । यस वडाकाे क्षेत्रफल ८ .३२ वर्ग किलोमिटर र जनसंख्या २,५७७ रहेकाे पाईन्छ । समुन्द्र सतह देखि करिव १४०० मिटर देखि २१०० मिटरको उचाइमा अवस्थित यस वडा कार्यालयको पायक पर्ने स्थान डेल्टामा रहेकाे पाईन्छ । प्रमुख व्यापारीक केन्द्रका रुपामा डेल्टा वजार रहनुका साथै यस वडाका मुख्य वस्तिहरु देनसायल, दुगडीवाडा, साहुवाडा, खोडालवाडा, कोट र बाँनेगाउँ रहेका पाईन्छन् ।
यस वडामा २ वटा आधारभुत विद्यालय र एउटा आधाभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । संचारको क्षेत्रमा स्काइ, नमस्ते र एनसेल फोन सेवाकाे सुविधाका साथै एनसेलकाे टावर यसै वडामा बनेकाे छ । करिब ३५० हेक्टर बन जंगलले ओगटेकाे यस वडाका जनताकाे मुख्य पेशा कृषिका साथै सरकारी सेवा र व्यापार व्यवसाय रहेकाे पाइन्छ । मुख्य खाद्यान्न वालीमा धान, काेदो, मकै रहेका छन् । समसितोष्ण हावापानी पाइने यस बुढीगंगा नगरपालिका ४ मा थुप्रै ऐतिहासिक स्थलहरु रहेकाे पाइन्छ । जसमा बार्जुकोट दरवार(हाल यही स्थानमा भ्युटवर बन्दै गरेकाे ) जहाँवाट बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका सवै ठाउँका साथै बडीमालिकाकाे रमाइलो दृश्य अवलोकन गर्न सकिने देखिन्छ । त्यस्तै जुम्ली महाराजले बनायकाे देवल, तुड्के, पोखरी, भुक्तोली र तुड्के चौर यस वडाका पर्यटकिय स्थलहरुका सथै धार्मिक दृष्टीकोणले बलैमष्टा मन्दिर, बयाल्यामष्टा मन्दिर र माल्तोला भगवती मन्दिरहरु रहेकाे पाईन्छ ।
प्रमुख चाड पर्वहरुमा दशैं, तिहार,भुवा पर्व, होरी, होली जस्ता पर्वहरु मुख्यरुपमा मनाईने गरिन्छन् । प्रमुख व्यापारिक केन्द्र बाम्का बजार देखि नगरपालिका हुंदै डेल्टा, बेतालमाण्डाैं देखि डेल्टा हुंदै आटीचौर सडक संजालका रुपमा जोडीयकाे छ । हाल यस वडाकाे वडा कार्यालय डेल्टा वजार नजिकै रहेकाे पाईन्छ ।