साविककाे वाह्रविस गा. वि. स. वडा नं. ५ र ६ मिलेर बनेकाे यस बुढीगंगा नगरपालिकाकाे वडा नं. ९ काे भुभाग पुर्वमा बु न पा वडा नं. ८, पश्चिममा छेडेदह गाउँपालिका, उत्तरमा बु न पा काे वडा नं. ७ र दक्षिणमा बु न पा वडा नं. १० रहेकाे पाइन्छ । यस वडा भित्र पाँच वटा टाेल काप्रीताेला, जुवापानी , बासुरे, सेरालावाडा र डुङग्रीताेला मा विभिन्न जातजाती शाह, शाही, सिंह, रावल, थापा, नेपाली , वि. क., सुनुवार आदी बसोवास गरीरहेका पाइन्छन् ।
यस वडाकाे कुल जनसंख्या ६७०० रहेकाे छ । यस वडामा धौलपुरा, चुल्ठे भगवती मन्दिर जस्ता थुप्रै धार्मिक स्थलका साथै वयालचाका डाँडा, धनपाया, ढुङ्गा र गुफा जस्ता महत्वपुर्ण पर्यटकीय स्थलहरु पनि रहेकाे पाइन्छ ।
व्यापारीक स्थलहरुमा कार्केताेला, त्रिशक्ति, गैरीखाँद र तुफान डाँडा आदी रहेका पाइन्छन् । हाल यस वडाकाे कार्यालय साविककाे गा. वि. स. भवन कार्केताेलामा रहेकाे पाइन्छ ।