बुढीगंगा नगरपालिकाको संक्षिप्त परिचय

बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगंगा नगरपालिका पनि एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगंगा नगरपालिका बनेको छ । यस नगरपालिकाको नामाकरण बुढीगंगा निदीको नामबाट राखिएका हो।  यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम (टाँटे)नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलार्इ पल्टाउँदा  बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको  दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारलार्इ अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका पार्इन्छन्  क्षेत्रफलको हिसावले यो नगरपालिका सबै भन्दा सानो भएता पनि  जनसंख्याका हिसावले बाजुरा जिल्लाकै सबै भन्दा बढी जनसंख्या भएको नगरपालिकाको रुपमा चिनिन्छ ।  यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानि पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको पाइन्छ ।  दुर्गम एंव पिछडीयको जिल्लामा पर्ने यस बुढीगंगा नगरपालिकाको विकास भने समयानुसार विकसित हुन सकेको छैन । 

 

१० ओटा वडा रहेको यस नगरपालिकाको स्वास्थ्य र शिक्षाको अवस्था पनि  कमजोर नै रहेको पार्इन्छ ।  यस नगरपालिकामा स्नातक तह बडीमालिका क्याम्पस १, माध्यामिक तह ८ र आधारभुततह २३ भएता पनि शिक्षाको गुणस्तर भने न्युन नै रहेको पार्इन्छ ।  विद्यालयको भौतिक अवस्था पनि नाजुक रहेको पाइन्छ ।

भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुडीबादी आदी विभिन्न समस्या हुंदाहुंदै पनि विगत भन्दा अहिले  शिक्षा, स्वास्थ्य, संचार,  जनचेतनामा, रुडीवादी परम्परा, व्यावसायीक उन्नती आदी विभिन्न पक्ष मा तिब्र गतिमा विकास हुदै गर्इरहेको छ। यस क्षेत्रका नगरपालिकाका सबै राजनितिज्ञ्य, कर्मचारी, शिक्षक, मिहला, पुरुष, दलित, आदीबासी, जनजाती लगायत सम्पुर्ण नगर बासीहरुले यस क्षेत्रका विविध विषयमा हातेमालो गर्दै अगाडी बढ्नेहो भने यस नगरपालिकाको भविश्य राम्रो हुने निश्चित छ ।